कठमाडौं जेठ, ९–
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घरमा पुगेका छन् । सुदुरपश्चिमका जिल्लाहरुका भ्रमणमा व्यस्त वरिष्ठ नेता पौडेल बिहिबार बिहान निर्मलाको घरमा पुगेका हुन् ।
नेता पौडलले निर्मलाकी आमा दुर्गादेवी पन्तसँग भेटेर निर्मला हत्याका दोषीलाई पत्ता लगाउन सरकार मौन बसेको आरोप समेत लगाए । उनले निर्मला बलात्कार र हत्याका दोषीलाई पत्ता लगाउन कांग्रेसले सडक र सदन दुबै ठाँउमा आबाज उठाउने प्रतिवद्धता समेत व्यक्त गरे ।
उक्त अवसरमा कांग्रेस नेता रामकृष्ण यादव तथा स्थानीय कांग्रेस नेताहरको सहभागीता रहेको थियो । वरिष्ठ नेता पौडेल करिब १५ दिनको तालिका सहित सुदुरपश्चिमका जिल्लामा कांग्रेस कार्यकर्तासँग भेटघाट तथा पार्टीको जागरण अभियानका कार्यक्रमहरुमा सहभागी हुन निस्किएका हुन् ।