निर्बाचनको परिणाम सार्बजनिक नहुँदै प्रधानमन्त्री ओलीले दिए भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई



काठमाडौं–

प्रधानमन्त्री केपी शर्मा ओलीले  भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

विधानसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा)ले उत्साहजनक मतपरिणाम ल्याएपछि ओलीले मोदीलाई ट्वीटरमार्फत बधाई दिएका हुन् ।

‘लोकसभा निर्वाचनमा उत्साहजनक नतिजा हासिल भएकोमा म प्रधानमन्त्री नरेन्द्र मोदीलाई हार्दिक बधाई दिन चाहन्छु’, ओलीले ट्वीटमा भनेका छन्, ‘पूर्ण सफलताका साथै आगामी दिनमा तपाईँसँग मिलेर कामगर्न तत्पर छु ।’

प्रकाशित मिति : जेष्ठ ९, २०७६ बिहीबार  ८ : २८ बजे