मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज शेयर बजारमा ५ अंकको गिरावट



काठमाडौं जेठ, ९–
साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से घटेको छ । नेप्से आज पाँच दशमलव आठ अंकले घटेर दुुई सय ८० दशमलव ३९ अंकमा झरेको छ भने सेन्सिटिभ शुन्य दशमलव ८९ अंंकले घटेर दुुई सय ८० दशमलव ३८ अंकमा झरेको छ । आज एक सय ७० कम्पनीहरुको १२ हजार ४३ वटा कारोबारमा २९ लाख ४३ हजार तीन सय चार कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ९३ करोड २६ लाख ४४ हजार आठ सय ८७ रुपैैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोबार भएकोमा कमाउने भन्दा गुमाउने समुह धेरै देखिएकाछन । सो मध्ये गुमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ९५ अंकले घटेर ११ सय ६७ दसमलव ४२ झर्दा विकास बैंक समुहको सुचक नौ दशमलव दुुई अंकले घटेर १५ सय ९९ दशमलव ६८ अंकमा झरेको छ । यि बाहेक जलबिद्युुत, जीवन बीमा, ट्रेडिङ, फाईनान्स र उत्पादनमुुलक समुह पनि गुमाउने समुह अन्र्तगत परेकाछन् । निर्जिवन बीमा, लघुुबित्त, होटल, अन्य र सामुुहिक लगानी कोष भने कमाउने समुहमा परेकाछन् ।
कमाउने कम्पनीको सुचीमा भने आज एनएमबि लघुबित्त बित्तीय संस्था, मल्टीपर्पोस फाईनान्स आदि परेकाछन् भने गुुमाउने कम्पनीहरुको सुचीमा भने हिमालयन ऊर्जा विकास कम्पनी, हिमालयन पावर पार्टनर आदि परेकाछन् । रकम कारोबारका आधारमा भने आज अपर तामाकोशी हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्रालि आदि परेकाछन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहिबार  १० : १५ बजे