पर्वत जेठ, १२–
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले राष्ट्रमा धार्मिक स्वतन्त्रता हुनुपर्ने बताएका छन् । आज पर्वतमा जेठ १ गतेबाट सञ्चालित कोटीहोम तथा सामूहिक तुला दान महायज्ञको समापन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले धर्म सापेक्ष वा निरपेक्ष नभई स्वतन्त्र हुने बताएका हुन् । महामन्त्री कोइरालाले धर्म स्वतन्त्रताको कुरामा आफूहरु लागि पर्दै आएको भन्दै राज्यको धर्म न सापेक्ष हुन्छ न निरपेक्ष, नभइ स्वतन्त्र हुने प्रष्ट पारे । उनले कांग्रेसको झण्डामा रहेका चार तारामध्ये एउटा ताराको अर्थ धार्मिक स्वतन्त्रता भएको भन्दै कांग्रेसको सिद्धान्त नै धार्मिक स्वतन्त्रता भएको प्रष्ट पारे । विश्वकै अग्लो शिव र पार्वतीको मूर्ति निर्माण गर्ने, सिसमहल, ज्योतिर्लिङ स्थापना र धर्मशाला बनाउने उद्देश्यले पर्वतमा जेठ १ गतेबाट कोटीहोम तथा सामूहिक तुला दान महायज्ञको गरिएको हो ।
कार्यक्रममा सांसद पदम गिरी, नेपाली कांग्रेसका पूर्वमन्त्री दीपक गिरी, पण्डित ईश्वरकृष्ण भुर्तेल, कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशी, कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल लगायतको सहभागीता रहेको थियो ।










