मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज सेयर बजारमा पहिरो, नेप्सेका सबै सूचांक राताम्यै



काठमाडौ जेठ, १२–
साताको पहिलो कारोबार दिन आज आईतबार सेयर बजार रातै देखिएको छ । नेप्सेमा आज ११ वटा समुहको कारोबार भएकोमा ति सबैको कारोबार सुचक घट्दा बजार पुरै रातो भएको हो । आज नेप्से ११ दशमलव ९३ अंंकले घटेर १३ सय दुई दशमलव ६१ अंकमा पुग्दा सेन्सिटिभ पनि दुई दशमलव ८२ अंकले घटेर दुई सय ७७ दशमलव ५६ अंंकमा झरेको छ । आज एक सय ६५ कम्पनीहरुको नौ हजार दुई सय ९४ वटा कारोबारमा २० लाख ५४ हजार दुई सय ८६ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ६२ करोड ६२ लाख एक हजार छ सय ६६ रुपैयाँ पुुगेको छ ।
आज कारोबार भएका समुह मध्ये वाणिज्य बैंक समुहको सुचक नौ दसमलव छ अंकले घटेर ११ सय ५७ दशमलव ८१ अंकमा झरेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि ३५ दशमलव आठ अंकले घटेर पाँच हजार आठ सय ५९ दशमलव ८९ अंकमा झरेको छ । विकास बैंक, जीवन बीमा, होटल, जलबिद्युुत, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज ग्लोबल आईएमई लघुबित्त बित्तीय संस्था, एनएमबि माईक्रो फाईनान्स आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा जोशी हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली आदि परेकाछन् । यसैगरी कारोबार भएको रकमका आधारमा भने आज नेपाल बैंक, शिवम सिमेन्ट आदि परेकाछन् ।

 

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आइतबार  १० : २८ बजे