सरकारविरुद्ध नेविसंघको प्रदर्शन, मिडिया काउन्सिल विधेयक खारेज नभए आन्दोलन चर्काउने चेतावनी



काठमाडौं जेठ, १४–
कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकाररिुद्ध प्रदर्शन गरेको छ । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता र संविधान विपरीत भएको भन्दै मंगलबार नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।
उक्त विधेयक खारेजीको माग गर्दै नेविसंघ आबद्ध विद्यार्थीहरुले पुतलीसडक हुँदै बागबजारसम्म प्रर्दशन गरेका थिए ।

नेविसंघका नेता मोतीलाल भण्डारीले प्रेस, न्यायालय, विश्वविद्यालय सबैलाई आफ्नो नियन्त्रणमा लिएर कम्युनिस्ट नेतृत्वको सरकारले अधिनायकवाद लाद्न खोजेकोविरुद्ध नेविसंघले सडक आन्दोलन गरेको बताए ।

सरकारले विश्वविद्यालय, प्रेसलगायतका संस्थाहरुमाथि हस्तक्षेप हुने गरी ल्याइएका सबै विधेयकहरु फिर्ता नभए कडा संघर्षमा उत्रन बाध्य हुने उनको चेतावनी थियो ।

प्रकाशित मिति : जेष्ठ १४, २०७६ मंगलबार  ७ : ०० बजे