आजय सुमार्गीलाई बिदेशबाट आएको पैसाबारे छनबिन गर्न सरकारलाई सर्वोच्चको आदेश



जेठ १४, मङ्गलबार्-

सर्वोच्च नेकपा अध्यक्ष प्रचण्ड सग निकट भनेर चिनिएका अजेय सुमार्गीको नाममा विदेशबाट आएको झण्डै ८० करोड भन्दा केही बढी रूपैयाँ (७५ लाख अमेरिकी डलर) रकमबारे छानविन गरि आवश्यक निर्णय गर्न सरकारलाई आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा र न्यायाधीश वमकुमार श्रेष्ठको इजलासले विदेशबाट सुमार्गीका नाममा आएको रकमको श्रोत र वैधता बारे छनबिन र निर्णय गर्न सर्बोच्चले सरकारलाई परमादेश जारी गरेको हो ।

इन्भेष्टमेन्ट बैंकको डलरखातामा विदेशबाट आएको रकम रोक्का राख्ने राष्ट्रबैंकको निर्णय बदर गर्न र आफूलाई उक्त रकम भुक्तानी दिन परमादेश माग गर्दै सुमार्गीले सर्बोच्छ अदालतमा दिएको दिएको रिट निबेदन भने सर्बोच्चले खारेज गरेको छ।

विभिन्न सञ्चारमाध्यमहरुमा सर्वोच्च अदालतले सुमार्गिको बैङ्क खातामा रहेको रकम फुकुवा गरेको भन्ने समाचार प्रकाशित भएपछि सर्वोच्च अदालतले केहीबेरअघि प्रेस नोट जारी गरेको हो। जसमा व्यवसायी सुमार्गीको मागबमोजिम आदेश जारी नगरिएको स्पष्ट पार्दै उनको रिट निवेदन खारेज भएको उल्लेख छ। सर्वोच्च अदालतले जारी गरेको प्रेस नोटमा ‘निवेदक कम्पनीका ठाउँमा बैंक खातामा रहेको रकम कानुनबमोजिम रोक्का रहेकोले फुकुवा गर्नुपर्ने अवस्था नदेखिँदा उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने रिट निवेदन खारेज हुने’भनिएको छ ।

साथै सर्बोच्चको परमादेशमा’उक्त बैंकमा रहेको निवेदकको नाउँको खाताको रकम कुन श्रोतबाट आएको हो सम्पत्ति शुद्धिकरण ऐनको उल्लंघन गरी आएको हो होइन, सम्बन्धीत निकायबाट कारबीह गर्नुपर्ने हो होइन, सो सम्बन्धमा यकिन निर्णय गर्नु,’ भनिएको छ,’निवेदकको नाउँमा निवेदककै नाउँको विदेशमा रहेको खाताबाट रकम आएको भन्ने नेपाल राष्ट्र बैंकको पत्रबाट देखिँदा त्यस्तो रकमको वैधताका विषयमा समेत जाँचबुझ गरी छ महिनाभित्र यकिन निर्णय गर्नु।’भन्ने समेत सर्बोच्चले परमादेश जारी गरेको छ ।

प्रकाशित मिति : जेष्ठ १४, २०७६ मंगलबार  १ : ४८ बजे