मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बक्यौता भुक्तानी नगरेकाहरुलाई नेपाल टेलिकमले छुट दिने



काठमाडौं जेठ, १५–
नेपाल टेलिकमले ल्यान्डलाइन टेलिफोन, मोबाइल तथा अन्य विभिन्न सेवाका ग्राहकहरुका लागि पुरानो बक्यौतामा लाग्ने जरिवाना छुटको व्यवस्था गरेको छ । यस अनुसार २०७४ असार मसान्तसम्मको बक्यौता २०७६ जेठ मसान्तसम्म भुक्तानी गरेमा यसमा लाग्ने जरिवाना छुट गरिएको टेलिकमले जानकारी दिएको छ ।
आफ्नो नजिकको दूरसञ्चार कार्यालयमा गएर यस सम्बन्धी जानकारी लिई पुरानो बक्यौता बुझाउन सकिने छ । पुरानो बक्यौता तिर्न बाँकी रहेका ग्राहकहरुको मागलाई मध्यनजर गरी कम्पनीले उक्त छुटको व्यवस्था गरेको हो । छुटको अवसरलाई सदुपयोग गरी पुरानो बक्यौता भुक्तानी गर्न समेत सम्बन्धित सबैलाई सूचित गरिएको टेलिकमले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  ८ : ५९ बजे