मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेट घोषणाको दिन शेयर कारोबार ह्वात्तै बढ्यो



काठमाडौं जेठ, १५–
सरकारले आज बुुधबार आगामी आर्थिक बर्षको लागि बजेट घोषणा गर्ने तयारी गरेसँगै त्यसको सकारात्मक प्रभाव सेयर बजारमा पनि परेको छ । बजेट घोषणा हुुनुभन्दा एक घण्टा अघि रोकिएको नेप्से आज आठ दशमलव ३९ अंकले बढेर १३ सय १३ दशमलव ८८ अंकमा चढेको छ भने सेन्सिटिभ पनि दुुई दसमलव ११ अंकले बढेर दुुई सय ७९ दशमलव ९२ अंकमा चढेको छ । आज एक सय ७३ कम्पनीहरुको १० हजार चार हजार सय १५ वटा कारोबारमा २६ लाख २८ हजार चार सय २० कित्ता सेयर किनबेच भएकाछन सेयर कारोबार रकम ९० करोड आठ लाख पाँच हजार नौ सय ६० रुपैयाँ पुुगेको छ ।
आज १२ वटै समुहको कारोबार भएकोमा ट्रेड्रिङ र जीवन बीमा समुहले गुमाएकाछन् भने बाँकी समुहले कमाएका छन् । कमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक सात दशमलव सात अंकले बढेर ११ सय ६५ दसमलव ७१ पुुग्दा विकास बैंक समुहको सुचक पनि सात दशमलव ५९ अंकले बढेर १६ सय १२ दशमलव १९ अंकमा चढेको छ । जलबिद्युुत, निर्जिवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज हिमालयन डिष्ट्रिलरी प्राली, स्पर्श लघुुबित्त बित्तीय संस्था आदि परेकाछन् भने गुुमाउने कम्पनीहरुको सुचीमा भने जोशी हाईड्रो पावर कम्पनी, युुनाईटेड मोदी हाईड्रोे पावर कम्पनी आदि परेकाछन् । यसैगरी रकम कारोबारका आधारमा भने आज शिवम सिमेन्ट, प्रभुु बैैक आदि परेकाछन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  १० : ३१ बजे