मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२० प्रतिशतले बढ्यो सरकारी कर्मचारीको तलब, अब कसको तलब कति (सूचीसहित)



काठमडौं जेठ, १५–
सरकारको विनियोजनबाट पारिश्रमिक प्राप्त गर्ने सबै कर्मचारीको सुरु तलबमानमा वृद्धि । राजपत्र अनंकितका लागि २० प्रतिशत र राजपत्रांकितका लागि १८ प्रतिशत वृद्धि गरिएको छ ।

सरकारको विनियोजनबाट पारिश्रमिक प्राप्त गर्ने सबै कर्मचारीको सुरु तलबमानमा वृद्धि । राजपत्र अनंकितका लागि २० प्रतिशत र राजपत्रांकितका लागि १८ प्रतिशत वृद्धि गरिएको हो ।

कर्मचारीहरुको तलब ३ वर्षपछि बढेको हो । तीन वर्ष अगाडि २५ प्रतिशतले बढेको कर्मचारीको तलब यो वर्ष २० प्रतिशतले बढेको हो । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले आधारभूत तलब ३५ हजार पुर्याउन माग गरेका थिए ।

राजपत्रांकिततर्फ मुख्य सचिवको तलब स्केल १८ प्रतिशतले बढेर ६५१३६ पुगेको छ । त्यस्तै रा.प. विशिष्टको ६०६७५.५, रा.प. प्रथमको ४७३७७, रा.प. द्वितियको ४०३७९.६ र रा.प. तृतीयको ३५९९० पुगेको छ ।

त्यस्तै, राजपत्र अनंकिततर्फको २० प्रतिशतले वृद्धि भई नयाँ तलब स्केलअनुसार रा.प.अंन प्रथमको २८२००, रा.प.अनं. द्वितियको २६६०४, रा.प.अनं. तृतीयको २२००८, रा.प.अनं. चतुर्थको २०६७६ पुगेको छ ।

हलकाराको पाँचौ स्तरको २७४५६, चतुर्थ स्तरको २४७०८, तृतीय स्तरको २३२०८, द्वितिय स्तरको २१८२८, प्रथम स्तरको २०६७६ पुगेको छ । साथै हुलाकीहरुको पाँचौ स्तरको २६८०८, चतुर्थ स्तरको २४०६०, तृतीय स्तरको २२२२४, द्वितिय स्तरको २०८५६, प्रथम स्तरको १९८९६ पुगेको छ ।

त्यस्तै, हेभी सवारी चालक पाँचौ स्तरको ३४४१०, चतुर्थ स्तरको ३२६१६, तृतीय स्तरको ३०७२०, द्वितिय स्तरको २६९८८, प्रथम स्तरको २३८४४ पुगेको छ ।

हलुका सवारी चालकको पाँचौ स्तरको ३२६१६, चतुर्थ स्तरको ३०७२०, तृतीय स्तरको २६९८८, द्वितिय स्तरको २३८४४ र प्रथम स्तरको २२००८ पुगेको छ ।

कार्यालय सहयोगीको पाँचौ स्तरको २६५६८, चतुर्थ स्तरको २३८४४, तृतीय स्तरको २२००८, द्वितिय स्तरको २०६७६, प्रथम स्तरको १९४७६ पुगेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  १ : ०० बजे