काठमाडौं जेठ, १६–
कांग्रेसले सरकारले जनताको चाहना प्रतिकुल हुनेगरी बजेट ल्याएको आरोप लगाएको छ । बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले जनचाहना प्रतिकूल हुनेगरी सरकारले बजेट ल्याएको निष्कर्ष निकालेको हो ।
पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट नेपाली जनताको चाहना विपरित आएको छ ।
उनले रोजगारीको अवसर बढाउने, मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने, उत्पादन वृद्धि गर्ने भन्दा पनि बजेट जनतालाई थप ऋणको भार थोपर्ने गरी आएको प्रष्ट पारे ।
बैठकमा काँग्रेस सांसदहरुले वितरणमुखी बजेटले मुलुकलाई विकसित र समृद्ध बनाउन नसक्ने दावी गरेका थिए ।
काँग्रेस संसदीय दलले सांसदहरुका लागि विनियोजन गरिएको ६ करोड बजेट दुरुपयोग गरे तत्काल विरोध गर्ने निर्णय समेत गरेको छ ।