काठमाडौं जेठ, १६–
जेठ २३ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रको अवसरमा उक्त दिन सरकारले बिदा दिने निर्णय गरेको हो ।
बिहिबार प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बिदा दिने निर्णय भएको बताएका हुन् ।
मुस्लिम धर्मावलम्बी सम्वद्ध विभिन्न संघसंस्थाले आफ्नो पर्वको दिन बिदा दिन माग गर्दै आएका थिए ।








