काठमाडौं जेठ, १७–
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो सरकार चलाउने विषय उठान गरेपछि प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले दिल्लीबाटै जवाफ दिएका छन् । बिहीबार नरेन्द्र मोदीको शपथ ग्रहणमा पुगेका प्रधानमन्त्रीले आलोपालो सरकार चलाउने पुरानै सहमति भएको प्रष्ट पारेका छन् ।
भारतकानवनिर्वाचित प्रधानमन्त्री मोदीको सपथग्रहणका क्रममा दिल्लीमा रहेका प्रधानमन्त्री ओलीले शुक्रबार यो कुरा नयाँ नभएको र पहिले नै सार्वजनिक भएको विषय भएको बताए । उनले अनावश्यक कुरा उचाल्ने नेपालीको चरित्र नै यस्तो भएको बताए ।
नेकपाका अध्यक्ष प्रचण्डले एक टेलभिजिनसँगको अन्तर्वार्तामा एक वर्षअघि पार्टी एकीकरणका क्रममा भएको आलोपालो सरकार चलाउने सहमतकिो प्रसंग उप्काउँदै त्यसबाट दायाँबायाँ गरे कोही नटिक्ने बताएका थिए । साथै प्रधानमन्त्री अोलीले प्रचण्डले केही बर्षपछि आफू नै प्रधानमन्त्री बन्ने बताएको विषयमा ठट्टा गर्दै केही वर्ष हैन ४/५ दिन मात्रै बाँकी रहेको बताए ।








