मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री भारतबाट फर्किँदा ३५ मिनेट विमानास्थल बन्द हुँदै



काठमाडौं जेठ, १७–
प्रधानमन्त्री केपी शर्मा ओली भारतबाट फर्किदा विमानास्थलमा ३५ मिनेट अन्य विमानलाई उडान तथा अवतरणमा रोक लगाइएको छ । प्रधानमन्त्री ओली शुक्रबार साँझ स्वदेश फर्किँदैछन् । उनी आउने समयमा त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलमा ३५ मिनेट अन्य विमानलाई उडान तथा अवतरणमा रोक लगाइएको हो । त्रिभूवन विमानस्थलले यसका लागि ‘नोटाम’ जारी गरिसेको छ ।
ओली ५ बजेर ४५ मिनेटमा काठमाडौं अवतरण गर्दैछन् । विमानास्थलका प्रवक्ता प्रताप तिवारीका अनुसार प्रधानमन्त्री आइपुग्नु भन्दा १५ मिनेट अघिदेखि २० मिनेट पछिसम्म विमानस्थलमा अन्य उडान तथा अवतरण हुनेछैन ।

ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भएर फर्कन लागेका हुन् । यसअघि बिहीबार उनी नयाँदिल्ली जाँदा पनि विमानस्थलमा उडान तथा अवतरण ठप्प पारिएको थियो । उडान प्रभावित भएपछि बिहीबार विमानस्थलमा नै यात्रुले नाराबाजीसमेत गरेका थिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार  ११ : १९ बजे