चितवन — धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा बनाउन लागेको प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डोजर लगाएर भत्काइएको बार शनिबार बिहान बाट फेरी बनाउन शुरु गरिएको छ । । बाटो विस्तार गर्ने निहुमा बार भत्काइएको थियो ।
रंगशाला बन्ने जग्गाको पश्चिमतर्फ अस्थायी बार लगाउने क्रममा सत्तारढ नेकपाका स्थानीय कार्यकर्ता प्रकाश कडेँलेको नेतृत्वले बुधबार बिहान डोजर चलाएर बार भत्काएको थियो । रंगशाला बन्ने जग्गाको पूर्व, उत्तर र दक्षिण सिमानामा फाउण्डेशनले जस्ताको अस्थायी बार लगाएको छ ।
बिबाद का बिशयमा छलफल पछी भएको सहमती अनुसार डोजर लगाएर बार भत्काएपछि फाउण्डेशनले बुधबारदेखि स्थगित गरेको काम पुन सुरु गरिने भएको छ ।
फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल समेतको उपस्थितिमा भएको छलफलमा स्थानीय अगुवाहरुले घटनाप्रति दुःख व्यक्त गर्दै आत्मालोचना गरेका छन् । साथै भत्काएको बार स्थानीय टोल सुधार समिति र स्थानीयको पहलमा पुर्ननिर्माण गरी काम अगाडि बढाउने भएका छन् ।








