मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनताले कम्युनिष्टको विकल्प खोजे, कर्मशील कांग्रेस बनाउन जरुरीः कांग्रेस वरिष्ठ नेता पौडेल



सुर्खेत जेठ, १८–
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारका क्रियाकलापले जनता विकल्प खोज्न बाध्य भएको बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै वरिष्ठ नेता पौडेलले वर्ष दिन नबित्दै जनताले जनताले कम्युनिष्ट सरकारको विकल्प खोज्न थालेको बताएका हुन् । उनले कम्युनिष्टको विकल्प कांग्रेस नै भएको दावी गर्दै त्यसका लागि कर्मशील कांग्रेस बनाउनु पर्नेमा जोड दिए ।
उनले जनता खानेपानी र सिंचाईको अभावमा तड्पिएको बेला प्रधानमन्त्री ओलीले पानी जहाजको सपना देखाएर जनतालाई भ्रममा पार्ने गलत काम गरेको आरोप लगाए । सरकारले दुई तिहाईको दम्भ देखाएर लोकतन्त्रिक पद्दतीमाथि हमला गरेको उनको भनाइ थियो ।

वरिष्ठ नेता पौडेलले कांग्रेसभित्र पनि सुधारको खाँचो रहेको भन्दै कांग्रेस पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ गर्न जरुरी रहेको बताए । ‘पार्टीभित्र न्याय, निश्पक्षता र पारदर्शी मूल्याङ्कन गर्ने परिपाटी विकास गर्नु जरुरी छ,’ उनले भने, ‘मूल्यांकन गर्दै कार्यकताहरुलाई जिम्मेवारी दिएमात्र पार्टी सुदृढ बनाउन सकिन्छ ।’ उनले पार्टीको सांगठनिक सुधारका लागि कार्यकर्ताले नेतृत्वलाई प्रश्न गर्नु पर्ने बेला आएको बताए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७६, शनिबार  २ : ४६ बजे