मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शेरधन राईमाथिमा बम प्रहारको अभियोग लागेका विप्लवका पोलिटब्युरो सदस्य नेकपामा प्रवेश



काठमाडौं जेठ, १९–
विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य पदम राई सत्तारूढ नेकपा प्रवेश गरेका छन् । आइतबार पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राईलाई पार्टी प्रवेश गराएका हुन्। भोजपुरका राईलाई पार्टी नीतिविपरित अभिव्यक्ति दिएको भन्दै विप्लवले केही समयअघि निलम्बन गरेका थिए। उनी तत्कालीन नेकपा माओवादीबाट पहिलो संविधान सभामा भोजपुरबाट निर्वाचित भएर प्रचण्ड नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेका थिए। पार्टी फुटेसँगै मोहन वैद्यको समूहमा लागेका थिए। पछि उनी विप्लव समूहमा पुगेका थिए।

२०७४ को आमनिर्वाचनमा भोजपुरका प्रदेश सभा उम्मेद्वार (हाल प्रदेश १ का मुख्यमन्त्री) शेरधन राईमाथिमा भएको बम आक्रमणमा संलग्नता रहेको भन्दै प्रहरीले उनलाई पक्रेको थियो।

पार्टी प्रवेश कार्यक्रममा नेकपा महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताहरू सहभागी थिए।

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आइतबार  ५ : ३० बजे