धादिङ जेठ, १९–
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अपमान गरेको आरोप लगाएका छन् । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पौडेलले देशको राजनीतिलाई विदेशी भूमिबाट नकारात्मक ढङ्गले टिप्पणी गर्नु देशको अपमान गर्नु भएको भएको दावी गरेका हुन् ।प्रधानमन्त्री ओलिले केहि दिन अघाडी भारत भ्रमणमै रहेका बेला प्रचन्ड र उनि बिच भएको भनिएको आलोपालो सहमतीको बारेमा बोल्दै अब चार पाच दिन भित्रैमा प्रधानमन्त्री पद छोदी दिन्छु भनि भारतबाटै प्रचन्डलाई ब्यङ्ग गरे प्रती नेता पौडेलले एस्तो प्रतिकृया दिएका हुन ।
धादिङ क्षेत्र नम्बर १ को आयोजनामा भएको राष्ट्रिय जागरण अभियान अन्तर्गतको सभामा सम्बोधन गर्दै उनले भने, ‘नेपाली राजनीतिलाई तुच्छ ढङ्गबाट टिप्पणी गर्दैगर्दा उहाँलाई ख्याल हुनुपर्छ उहाँको भनाईलाई मान्ने हो भने यो राजनीतिलाई यस्तो बनाउने मुख्य पात्र उहाँ पनि हो।
नेता पौडेलले सत्ताका लोभीहरू कहिल्यै इमान्दार नहुने भन्दै नेता कथनी र करनीमा ज्यादै अन्तर भएका केपी ओलीहरूका कारणले नेपाली राजनीतिमा विश्वासको संकट बढ्दो रहेको बताए ।
उनले नयाँ संबिधान लागुभए पनि काम गर्ने तरिका नफेरिएको भन्दै सरकारको नेतृत्व गर्नेहरू सेवक होइन शासक बनेको बताए । केन्द्रदेखि वडासम्म कमिशन र भ्रष्टाचारको बिगबिगी भएको तितो यथार्थ सुनाउँदै नेता पौडेलले सबैतहका सरकारमा हुनेहरूको व्यवहारले संघीयताको बदनाम भएको बताए ।
समावेशीताको भावनामा गलत ढङ्गबाट प्रयोग भइरहेको भन्दै उनले कुनै पनि नयाँ काम सुरू नभएको बताए । राष्ट्रपतिदेखि सबै आफ्नै सुबिधाका बारेमा मात्रै चिन्तित भएको उल्लेख गर्दै नेता पौडेलले भनाइ र गराइमा कुनै तालमेल नभएको बताए । झुठको खेती गरेर देश समृद्ध नहुने उनको भनाइ छ ।








