काठमाडौं जेठ, १९–
लगानीकर्ताहरुले बजेट घोषणा पछि नेप्से बढ्ने अपेक्षा गरेका थिए । तर बजेट घोषणा पछि नेप्से झनै घटेको छ । आज आईतबार नेप्से १३ दशमलव ७९ अंकले घटेर १३ सय पाँच दशमलव ६८ झरेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव तीन अंकले अंकले घटेर दुुई सय ७८ दशमलव १२ अंकमा झरेको छ । आज एक सय ६६ कम्पनीहरुको नौ हजार आठ सय तीन वटा कारोवारमा २० लाख ७८ हजार ९१ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ७५ करोड ३२ लाख ५७ हजार दुई सय नौ रुपैयाँ पुगेको छ ।
आज ११ वटा समुहको कारोबार हुँदा होटल र उत्पादनमुलक समुहले कमाएकाछन् भने बाँकी नौ वटा समुहको गुमाएकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक १३ दशमलव ७७ अंकले घटेर ११ सय ६२ दशमलव ८९ अंकमा झरेको छ भने विकास बैंक समुहको सुचक एक दशमलव २८ अंंकले घटेर १६ सय छ दशमलव ४७ अंकमा झरेको छ । जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, अन्य, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज कन्काई बिकास बैंक, तारागाउँ रेजिडेन्सी होटल आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा पाँचथर पावर कम्पनी, ग्रिन डेभलपमेन्ट बैंक आदि परेकाछन । यसैगरी रकम कारोवार भएको आधारमा भने प्रिमियर इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट आदि परेकाछन् ।