सांसद एबम कांग्रेस नेता अमरेशकुमार सिंहद्वारा राष्ट्रपतिबाट पदक लिन अस्वीकार



जेठ १९, काठ्माण्डौ-

नेपाली कांग्रेसका नेता एबम सांसद अमेरेशकुमार सिंहले राष्ट्रपतिद्वारा प्रदान गरिएको संविधान सभा पदक लिन अस्वीकार गरेका छन्।

उनले राष्ट्रपतिको आचरण गणतन्त्रको मर्यादा विपरित र जनविरोधी भएका कारण उनीबाट कुनैपनि सम्मान तथा पदक लिन असमर्थ रहेको बताउदै पडक लिना अस्विकार गरेकाअ हुन्।

यसअघि संविधानसभाका सदस्य रहेका नेपाली कांग्रेका नेता लक्ष्मणप्रसाद घिमिरे र राप्रपाका विराज विष्टले पनि सो पदक लिन अस्वीकार गरेका थिए भने राष्ट्र प्रमुखबाट बाडिएको पदक पटक पटक गलत ब्यक्त हरुको हातमा पुगेको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : जेष्ठ १९, २०७६ आइतबार  १ : ०२ बजे