बबरमहलमा महिलालाई ठक्कर दिएर भागेको मोटरसाइकल फेरी दुर्घटना हुँदा पाच जना घाइते



काठमाडौं-

काठमाडौंको बबरमहलमा सोमबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन् ।

बा९५प ९४४१ नम्बरको मोटरसाइकलले बबरमहलको सडक विभाग अगाडि चोकमा जेब्रा क्रसमा बाटो काट्दै गरेकी एक महिलालाई ठक्कर दिएको थियो । ठक्करबाट महिला गम्भीर घाइते भएपछि भागेका मोटरसाइकल चालकले जिल्ला अदालत अगाडिको जेब्रा क्रसमा पुगेर फेरि बाटो काट्दै गरेका अन्य दुई जना महिलालाई ठक्कर दिएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ।

पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको मोटरसाइकलसमेत दुर्घटनामा परेको र त्यसमा सवार २ जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । मोटरसाइकल चालकसहित पाँचै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ४ जनाको सिभिल अस्पतालमा र १ जनाको नर्भिकमा उपचार भइरहेको छ । घाइतेहरुको नाम ठेगाना खुलेको छैन ।

प्रकाशित मिति : जेष्ठ २०, २०७६ सोमबार  १० : ५२ बजे