कलंकी–कोटेश्वर सडकमा गाडी चलाउन सोमबारदेखि नयाँ नियम



काठमाण्डौ,

तीब्र गतिका कारण कोटेश्वर–कलंकी सडकखण्डमा सवारी दुर्घटना बढ्न थालेपछि ट्राफिक प्रहरीले नयाँ नियम ल्याएको छ ।  उक्त सडकमा सोमबारदेखि तीव्र गतिमा सवारी हाँक्न पाइने छैन ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार अब सवारी चालकले मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिमा सवारी हाँक्न पाउने छैनन् । यस्तै सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको सीमा तोकिएको छ ।

तोकिएको सीमा उलंघन गरि सवारी चलाएको पाइएमा यातायात व्यवस्था ऐन २०४९  परिच्छेद १० को दफा १६४ (६) बमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।

यो सडक खण्ड मित्रराष्ट्र चिनको सहयोगम बनेर केहि महिना अघी देखी सञ्चालनमा आएको हो ।यो सडक खण्डमा सडकको बिचभागमा डिभाइडर नहुँदा सडक दुर्घटना बढिरहेको बताइएको छ ।

 

प्रकाशित मिति : जेष्ठ २०, २०७६ सोमबार  १२ : ०७ बजे