नेपालगञ्ज –
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एनपी साउदले सरकार र सरकार सञ्चालन गरिरहेको नेकपा जनता झुक्याउने खेलमा लागेको बताएका छन ।
नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत नेपाल विद्यार्थी सङ्घले बाँकेको कोहलपुरमा आयोजना गरेको सभामा उनले नेता साउदले सरकार का कारण जनतामा गणतन्त्र प्रतीनै बितृष्णा फैलन लागेको बताएका हुन ।
उनले सरकार भ्रष्टाचारी र अपराधिको संरक्षण मा लागेको आरोप लगाउदै सरकारलाई अब जनाताले दबाब दिनु पर्ने समय आइसकेको ब ताए ।
तेस्तै कार्यक्रममा बोल्दै काङ्ग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारले प्रेस स्वतन्त्रता मास्न खोजेको आरोप लगाए । उनले काङ्ग्रेस रहेसम्म मुलुकको लोकतान्त्रिक पद्धति प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने बताउदै सरकार असफल भइ सकेकोमा जोड दिए ।
सभामा काङ्ग्रेस केन्द्रीय सदस्य डिला सङ्ग्रौला, किरण कोइराला, नेताहरु चन्द्रसिंह भण्डारी, सञ्जय गौतमलगायतले आ–आफ्नो धारणा राखेका थिए ।