काठमाडौं जेठ, २१– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज छनोटको विषयमा विवाद उत्पन्न भएको छ । इञ्चार्ज तथा सहइञ्चार्ज छनोटको मापदण्डमै विवाद देखिएको हो । मंगलबार बसेको नेकपाको सचिवालय बैठकमा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज छनोटको मापदण्डबारे छलफल भएको थियो । नेकपाका एक नेताले बताए अनुसार आजको बैठकमा मापदण्डको विषयमा सहमति जुट्न नसकेको हो ।
मन्त्री, सांसद, प्रदेशसभा सदस्य भएकाहरुलाई इञ्चार्ज तथा सहइञ्चार्ज बनाउने कि नबनाउने भन्नेमा विवाद छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली मन्त्री, सांसद, प्रदेशसभा सदस्य भएकाहरुलाई इञ्चार्ज तथा सहइञ्चार्ज बनाउने पक्षमा देखिएका छन् भने अर्को पक्षले बनाउन नहुने पक्षमा देखिएको छ । यो बिषयमा सहमति जुटाउन नसकेपछि नेकपाको सचिवालय बैठक आज पनि स्थगित भएको छ ।
जेष्ठ २१, २०७६ मंगलबार
प्रकाशित मिति : जेष्ठ २१, २०७६ मंगलबार ९ : ०७ बजे








