मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विष्णु पौडेललाई गगनको जवाफः बृद्ध भत्ताबारे बोल्ने मेरो हिम्मत छ’



काठमाडौं जेठ, २१–
कांग्रेस सांसद गगन थापाले बजेटलाई समर्थन गर्न सत्तापक्षका सांसदहरु तछाड मछाड गरेर लागेको बताएका छन् । त्यसरी सत्तापक्षका सांसदहरु तछाड मछाडमा लागेको देख्दा साथीहरु सकिए भनेर कांग्रेसलाई खुशी लागेको उनको भनाइ थियो । उनले भने, ‘तर नागरिक भएर सोच्छु अझै तीन वर्ष यो सरकारले बजेट ल्याउनु छ । खेर जाने भयो तीन वर्ष ।’ सांसद थापाले अर्थमन्त्रीलाई प्रश्न गरे, ‘म सांसद भएर खुसी होउ कि नागरिक भएर दुःखी ? बाआमाले हजार रुपैयाँ र निर्वाचन क्षेत्रमा २ करोड दिने कार्यक्रमलाई आफ्ना कामका रुपमा स्थापित गर्न खोजेको हो ? अर्थमन्त्रीलाई सांसद थापाले प्रश्न गरे ।

मंगलबारको संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै थापाले रुपान्तरणको विउ रोप्छ भन्ने नागरिकको अपेक्षाअनुसार बजेट नआएको बताए । बहुमत प्राप्त कम्युनिस्ट सरकारले के अतिरक्त गर्दैछ, जुन हिजोका सरकारले गर्न सक्दैन ? उनको प्रश्न थियो ।
अर्थमन्त्री खतिवडालाई कम्युनिस्टसँग भएको विद्वान अर्थमन्त्री भन्दै उनले भने, ‘यसबाट देशले के पायो त ? बा आमाले हजार रुपैयाँ, निर्वाचन क्षेत्रमा २ करोड । यही काममा नाम राखेर सन्तोष मान्नु खोज्नु भएको भए मेरो भन्नु केही छैन ।’
कांग्रेस युवा नेता समेत रहेका थापाले नेकपा महासचिव विष्णु पौडेललाई पनि जवाफ फर्काए । सांसद पौडेलले बृद्धभत्ताको औपचारिक रुपमा गर्न विरोध प्रमुख विपक्षीलाई चुनौती दिएका थिए ।
बालुवाटारको जग नै हल्लाउने तागत राख्ने सांसद भन्दै उनले भने, बृद्ध भत्ताबारे बोल्ने मेरो हिम्मत छ ।’ शेरबहादुर देउवाको चुनावी सरकारले बृद्धभत्ता ५ हजार पुर्‍याउँछु भन्दा विरोध गरेको मात्र होइन, भत्ता पाउने आधार वर्ष ७० लाई बनाउनुपर्छ भनेर आफूले संशोधन हालेको समेत थापाले स्मरण गरे ।

उनले अघि भने, ‘सामाजिक सुरक्षा भनेको नगद हस्तान्तरण मात्र होइन, गैर नगदको प्रवन्धबाट ३ हजार मात्र होइन, ३० हजार बनाउने बहस गर्नु बान्छनीय छैन ।’

कांग्रेस सांसद थापाले सांसद कोषमा ६ करोड दिएकोमा समेत विरोध गरेका छन् ।

प्रत्यक्ष निर्वाचित सांसद भएकाले विकासको माग आफूलाई पनि थाहा भएको तर, ६ करोड होइन, ६ अर्बको नीति कार्यक्रम र योजनासँग जोडिन चाहेको उनले बताए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलबार  १० : ४० बजे