मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै हिमालयन बैंक



काठमाडौं जेठ, २२–
हिमालयन बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले बार्षिकरुपमा १० प्रतिशत व्याज दिने गरी तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो ।
केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार बैंकले पर्याप्त सुरक्षाको आधार जनाउने ‘केयर एनपि सिङगल ए’ प्राप्त गरेको छ ।
सवल संस्थागत लगानीकर्ता, अनुभवी व्यस्थापन समुह तथा पर्याप्त पूँजीकरणका कारणले बैंकले राम्रो रेटिङ प्राप्त गरेको हो । बैंकले विगत २७ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दे आएको छ ।
पाकिस्तानको हविव बैंकको संयुक्त लगानीमा हिमालयनको स्थापना भएको थियो । बैंकले यस अगाडि आठ प्रतिशत व्याजदरमा ७५ करोड रुपैयाँको ऋणपत्र जारी गरेको थियो । चुक्ता पूँजी आठ अर्ब ५२ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा छ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार  ७ : २२ बजे