काठमाण्डौ-
कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले पत्रकारमाथि धावा बोल्ने, इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई तत्काल कानुनी कार्बाहिको माग गरेका छन । पौडेलले मेयर चौधरीको हर्कत प्रती सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गर्दै आत्मालोचना होइन लोकतन्त्रप्रति प्रतिबद्ध पार्टीले यस्तो धृष्टता गर्नेलाई सरकारले कार्बाही गरोस भनेका छन ।
अराजक भएर विधिका विरुद्ध ललकार्ने, पत्रकारमाथि धावा बोल्ने, जनप्रतिनिधि भएर आफ्नो मर्यादा राख्न नसक्ने भन्दै नेता पौडेलले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई उनको पार्टिले समेत कार्बाही गर्नुपर्ने उल्लेख गरेका छन ।
अराजक भएर विधिका विरुद्ध ललकार्ने, पत्रकारमाथि धावा बोल्ने, जनप्रतिनिधि भएर आफ्नो मर्यादा राख्न नसक्ने, इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई तत्काल कानुनी कारबाही होस् । आत्मालोचना होइन लोकतन्त्रप्रति प्रतिबद्ध पार्टीले यस्तो धृष्टता गर्नेलाई कारवाही गरोस् ।
— Pradip Paudel (@paudelpradipNC) June 5, 2019