काठ्माण्डौ-
केहि दुन अघी बाट शुरु भएको बार्षा हुने क्रम अझै केहि लम्बिने भएको छ ।
काठ्माण्डौ सहित मुलुकका अधिकांश स्थानमा आगामी चार दिन सम्म मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको जल तथा मौपसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतमा मनसुन सुरु हुन अझै केही दिन लाग्ने भएकाले नेपालमा जारी वर्षा मनसुनको सुरुवात नभएको महाशाखाले जनाएको छ । मौसम विद् समिर श्रेष्ठका अनुसार भारतमा जुन १ बाट मनसुन सुरु हुने पर्नेमा केही ढिलाई भएको छ । मुलुकको दक्षिण र पूर्वी तथा पश्चिमी भू–भागमा न्यून चापीय रेखा रहेका कारण केही अझै वर्षा जारी रहने मौसम विद् समिर श्रेष्ठले बताए ।
बंगालको खाडीबाट जलवाष्प नेपाल प्रवेश गरेकाले अहिले वर्षा भइरहेको उनले बताए । नेपालमा मनसुन सुरु हुन अझै केही दिन लाग्ने उनले बताए ।








