काठ्माण्डौ-
कांग्रेस सभापती शेर बहादुर देउबाले मुश्लिमहरुको पबित्र चाड इदुल फिद्रको अबसरमा शुभकामना ब्यक्त गरेका छन ।
सभापती देउबाले शुभकामना सन्देशमा इद उलफित्र पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउदै आएको उल्लेख गर्दै यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास ब्यक्त गर्दै इद- मुबारक भनेका छन ।
सभापती देउबाको शुभकामना सन्देश
इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व “ईद उल फित्र” का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लीम दिदीवहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवं स्मृद्धिका लागि हार्दिक शुभकामना (इद मुवारक) प्रकट गर्दछु ।
इद उल फित्रको पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउदै आएको छ । यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु ।
लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरुमा इस्लाम धर्मावलम्वी दिदीवहिनी तथा दाजुभाईहरुको महत्वपूर्ण योगदान रहदै आएको छ । लोकतन्त्रको रक्षार्थ मुस्लीम दिदीवहिनी तथा दाजुभाइहरु अझ वढि जिम्मेवार रहनु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।
अन्त्यमा, ‘इद उल फित्र’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्वीहरुमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ इस्लाम धर्मावलम्वी दिदीवहिनी तथा दाजुभाईहरुमा पुनः हार्दिक शुभकामना प्रकट गर्दछु ।
जय नेपाल !
शेरबहादुर देउवा
सभापति