ललितपुरमा आमा–छोरीले गरे झुण्डिएर आत्महत्या



ललितपुर-

ललितपुरको  महांकाल गाउँपालिकामा रहेको बतासे डाँडामा आमा–छोरीले आत्महत्या गरेका छन् ।केही महिनाअघि मात्र बसाइँ सरेर आएका आमा जानी र छोरी राधिकाले झुण्डिएर आत्महत्या गरेका हुन् ।

महानगरीय प्रहरी वृत्त, चापागाउँले घटनाको पुष्टि गरे पनि घटनाको कारण बारे खुलाउन बाकी रहेको छ घटनाका बारेमा अनुसन्धान शुरु गरिएको प्रहरिले बताएको  छ ।

प्रकाशित मिति : जेष्ठ २३, २०७६ बिहिबार  ७ : ४८ बजे