मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले ल्याएको बजेट छेपाराले घ्याम्पो ओगटे जस्तो : कांग्रस नेता प्रकाशमान सिंह



२३ जेठ, काठमाडौं । नेपाली कांग्रसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै सरकारले ल्याएको बजेट छेपारोले घ्याम्पो ओगटेको जस्तै भएको टिप्पणी गरेका छन् ।

नेवारीमा भाषामा म्याविल चले घेभुई, भनेको छेपारोले घ्याम्पो ओगटेर बसे जस्तै हो भनदै नेता सिंहले सरकारले ल्याएको बजेट तेस्तै भएको बताएका हुन ।

दुई तिहाइ प्राप्त सरकार हुँदाअ नेपालको अर्थतन्त्रले फड्को मार्ने आशा गरीएको भय पनि बजेट हेर्दा त्यो आशा पुरा हुने ठाउ नभएको नेता सिंहले उल्लेख गरे ।

उनले बजेट्लाई बलियो सरकारले ल्याएको कमजोर बजेट भनेए टिप्पणी गरे ।

उनले सरकारले ठूलाठूला कुरा मात्रै गरेको तर रानीपोखरी, धरहरा निर्माणको सुरु गर्न समेत नसकेको आरोप लगाउदै मेलम्ची आयोजना सम्पन्न भएर पानी आउने आशमा बसेका जनताले कमिसनको खेलमै ठेकेदार भागेको समाचार सुनेर चित्त बुझाउनु परेकोमा आक्रोश ब्यक्त गरे ।

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहिबार  ८ : ४९ बजे