मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वमन्त्री गोविन्दराज जोशीको भष्ट्राचार मुद्दाको फाइल १५ दिन भित्र पेश गर्न सर्वोच्चको आदेश



काठमाडौं-

पूर्वमन्त्री  गोविन्दराज जोशीको भष्ट्राचार मुद्दाको फाइल १५ दिन भित्र अदालतमा उपलब्ध गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।

बिहिबार न्यायधिशद्वय सपना प्रधान मल्ल र ईश्वरी खतिवडाको इजलासले १५ दिनभित्र अख्तियारको फाइल  उपलब्ध गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा आदेश दिएको हो।

२०६९ फागुन ८ गते सर्वोच्चमा दर्ता भएको मुद्दामा अदालतले अख्तियारले जोशीले गरेको भ्रष्टाचारको फाइले अझसम्म पनि सर्वोच्चमा पेस गरेको छैन।

पाँच बर्षदेखि मिसिल फायल मगाउँदा पनि उपलव्ध नगराएको सर्वोच्चको दाबी छ।

‘आयोग स्वयमले गरेको निर्णय, आयोगको आफ्नो काम कारबाही सम्बन्धित रजिष्टारलगायतका अभिलेख पठाउन भनी २०७१ साल भाद्रदेखि हालसम्म पटकपटक अदालतबाट लेखी पठाउँदा करिब ५ वर्षसम्म पनि आदेश बमोजिमको कागजपत्र उपलव्ध नगराउनु आपत्तिजनक देखिन्छ,’ अदालतको आदेशमा भनिएको छ।

पूर्वमन्त्री जोशीलाई २०६९ साउनमा विषेश अदालतले भष्ट्रचारी ठहर गरेको थियो।

अदालतले १५ दिन भित्र सबै फायल लिई लिखित जवाफ दिन समेत भनेको छ।

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहिबार  १ : ५१ बजे