अन्तत: सर्वोच्चको आदेशले रिहा भए ज्ञानेन्द्र शाही



२४ जेठ, काठमाडौं ।

आफुलाई भ्रष्टाचारविरुद्धको दाबी गर्ने ज्ञानेन्द्रबहादुर शाहीलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले शुक्रबार शाहीलाई छाड्न आदेश दिएको हो ।

अधिवक्ता महेश डंगोलले हालेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै उनलाई छाड्न अदालतले आदेश दिएको अदालतले जनाएको छ ।

१५ जेठमा शाहीलाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतले पक्राउ गरेर काठमाडौं पठाइएको थियो । साइबर अपराध मुद्दामा पक्राउ परेका उनलाई सुर्खेत प्रहरीले हिरासतमा यातना दिएको आरोप लागेको थियो ।

तर, कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहले शाहीलाई सुर्खेतको हिरासतमै नराखिएको दाबी गरेका थिए । उनलाई पक्राउ गर्ने क्रममा केही प्रहरी समेत घाइते भएका थिए ।

प्रकाशित मिति : जेष्ठ २४, २०७६ शुक्रबार  ११ : ३५ बजे