जेठ २६ काठ्माण्डौ-
जेठ २५ र २६ दुई दिन काठ्माण्डौमा चलेको कोरियाली भाषा परीक्षामा अमर्यादित गतिविधि गर्ने १५६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई सार्वजनिक अपराध ऐनअनुसार कारवाही हुने प्रहरीले जनाएको छ । परीक्षामा थप कडाई गरिएकाले अघिल्ला बर्ष भन्दा यसपटकको परीक्षा थप मर्यादित ढङ्गबाट चलेको प्रहरिले जनाएको छ ।
यस पटकको कोरियाली भाषा परीक्षामा देश भरी बाट ८४ हजार २१५ परीक्षार्थी सहभागी भएका छन् । काठमाडौँ, ललितपुर र पोखरामा हिजो र आज एकैसाथ सञ्चालन भएको हो
तेस्तै परिक्षामा १४१ परीक्षार्थी अनुपस्थित भएको इपिएस कोरिया शाखाले जनाएको छ
भाषा परीक्षाको नतिजा आगामी असार १३ गते प्रकाशन गरिने छ भने भाषा परीक्षामा उतीर्ण हुने कामदारको मात्र सीप परीक्षण गरिनेछ ।
कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजानेछ ।








