मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको निष्कर्षः ‘जागरण अभियानको पहिलो चरण गाडी स्टार्ट’



काठमाडौं जेठ, २७–
संसदको प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसले देशव्यापी जागरण अभियानको पहिलो चरणले गाडी स्टार्ट गरेको निष्कर्ष निकालेको छ ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘पहिलो चरणको अभियानले गाडी स्टार्ड भएको छ । दोस्रो चरणको अभियानले गाडी हाइवेमा आउने र तेस्रो चरणको अभियानले गाडी कुद्ने छ ।’
पहिलो चरणको एकमहिने कार्यक्रम जिल्ला केन्द्रित थियो । महाधिवेशनबाट पारित प्रस्तावहरुका साथै पार्टीको संशोधित विधान र पार्टीको आगामी कार्य्दिशाबारे आम कार्यकर्तालाई जागरुक बनाउने उद्देश्यले अभियानको आयोजना गरिएको थियो । आजका विभिन्न पत्रपत्रिकामा खबर छ ।

प्रवक्ता शर्माले पहिलो चरणको जागरण अभियान सफल भएको भन्दै देशव्यापी रुपमा आम कार्यकर्तालाई उर्जा प्रदान गरेको बताएका छन् । वैशाख २५ देखि जेठ २५ सम्म सञ्चालित पहिलो चरणको अभियानको बारेमा भोलि मंगलबार पत्रकार सम्मेलन गरी विस्तृत जानकारी गराइने कार्यक्रम छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार  २ : ३१ बजे