लोक सेवा आयोगको विज्ञापन तत्काल रोक्न राज्य व्यवस्था समितिको निर्देशन



काठमाडौं जेठ, २७–
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई झटका लाग्ने निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले लोक सेवा आयोगले स्थानीय तहका लागि हालै गरेको विज्ञापन रद्द गर्न निर्देशन दिएको हो ।

समिति सभापति शशी श्रेष्ठका अनुसार संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकले आयोगको विज्ञापन समावेशी र समानुपातिक सिद्धान्त विपरीत रहेको ठहर गर्दै रोक्न निर्देशन दिएको हो ।

समितिले सोमवार मन्त्री लालबावु पण्डितसँगको छलफलपछि विज्ञापन रोक्न निर्देशन दिएको हो ।

आयोगले ५ सय १५ स्थानीय तहका लागि ९ हजार १६१ पदमा आवेदन खोलेको थियो ।

प्रकाशित मिति : जेष्ठ २७, २०७६ सोमबार  ५ : ५१ बजे