काठमाडौँ –
आइतबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा स्पष्टीकरण दिँदै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोक सेवा आयोगको विज्ञपानले संविधानमाथि खेलवाड नगरेको दाबी गरेका छन् ।
प्रदेश लोक सेवा आयोग नबनेको अवस्थामा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रालयको माग अनुसार केन्द्रीय लोकसेवा आयोगले विज्ञापन निकालेको दाबी गरेका हुन्।
विकासका लागि कमर्चारी अभाव भएको स्थितिमा विज्ञापन निकाल्नु कुनै पनि हालतमा गलत नभएको उनको भनाई थियो ।
उनले कर्मचारी कम गुणस्तर भएमा विकासमा प्रभाव पर्ने र आयोगको मापदण्ड विपरीत कर्माचारी भर्ना गर्दा प्रश्न उठ्ने भएकाले संवैधानिक आयोगबाट कमर्चारी भर्नाका लागि विज्ञापन गरेको बताए ।
कमर्चारीको लागि खुल्ला विज्ञापन भएको भन्दै उनले सम्बन्धित ऐन अनुसार समायोजन भएको दावी गरे ।
उनले भने,‘ झण्डै एक लाखले आवेदन भरिसकिएको छ। आवेदन भर्दा जुन आरक्षण छ त्यहि भित्र रहेर आवेदन आएको छ ।
उनले आयोग लाई राजनितिक प्रतिशोधको शिकार बनाउन खोजिएको समेत जिकिर गरे ।
यो पनि पढ्नुहोस्-
लोक सेवा आयोगको विज्ञापन तत्काल रोक्न राज्य व्यवस्था समितिको निर्देशन








