मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार महासङ्घले घोषणा गर्‍यो सरकार बिरुद्द तेस्रो चरणको आन्दोलन



काठमाडौं,

सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै आन्दोलनरत नेपाल पत्रकार महासङ्घले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

मङ्गलवार महासङ्घले सरोकारवालाहरूसँग छलफल गर्दै असार ३ देखि ३० गतेसम्म तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो । तेस्रो चरणको आन्दोलनमा प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर अभियानदेखि सिठठी जुलुस र सभा गर्नेसम्मका कार्यक्रम छ । महासङ्घले असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर सङ्कलन गर्ने, ६ गते उक्त हस्ताक्षर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई पठाउने, १० गते मिडिया काउन्सिल विधेयक विरुद्ध कार्टुन प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको छ ।

त्यस्तै असार १५ गते सबै जिल्ला शाखाले आफ्नो क्षेत्रबाट निर्वाचित सङ्घीय र प्रदेश सांसदलाई एसएमएस मार्फत सन्देश पठाएर ध्यानाकर्षण गर्ने, असार २० गते प्रेस स्वतन्त्रता सभा गर्ने, असार २५ गते दिउँसो १२ बजे लालटिन जुलुस निकाल्ने र असार ३० गते देशव्यापी सिठी जुलुस र सभा गर्ने महासचिव रमेश विष्टले बताए । उनले सरकारले उक्त विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी रहने बताए ।

त्यस्तै महासङ्घका कार्यवाहक अध्यक्ष दिलीप थापा मगरले विधेयकमा राखिएका प्रावधानले सञ्चार क्षेत्रको नियमन गर्ने नभई नियन्त्रण गर्ने प्रस्ट भएको भन्दै महासङ्घले यसलाई फितौ लिएर सरोकारवालासँग छलफल गरेर समस्या समाधान गर्न आग्रह गरे । मिडिया काउन्सिल विधेयक नेपालको संविधानले ग्यारेन्टी गरेको प्रेस स्वतन्त्रता र यसको विश्वव्यापी मान्यताविपरित हुने गरी ल्याइएको भन्दै महासङ्घले चरणवद्ध आन्दोलन गर्दै आएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलबार  २ : १९ बजे