चितवन जेठ, २९–
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समितिको निर्देशनलाई अध्ययन गरेर सकारात्मक निष्कर्षमा पुग्ने बताएका छन् । बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री स्वदेश फर्किएपछि यसबारेमा उचित निर्णय लिइने बताएका हुन् ।
उनले समितिले एक ढंगले निर्देशन र सरकारले आफ्नै तरिकाले आफ्नो भनाइ राखिराखेकाले प्रधानमन्त्री फर्किएपछि सकारात्मक निष्कर्ष निस्कने बताए ।
उनले सरकारले विधेयकहरु ल्याउँदा तयारी राम्रो नपुगेको स्वीकार समेत गरेका छन् ।
मिडिया काउन्सिल विधेयक, गुठी विधेयक लगायतलाई आवश्यक परिमार्जन गरेर लैजाने भन्दै उनले भने, ‘जति गृहकार्य भएर आउनुपर्ने हो, त्यसमा केही कमी रहेको देखिन्छ । ’ अध्यक्ष प्रचण्डले आउने दिनमा पर्याप्त गृहकार्य गरेर मात्रै विधेयक ल्याउने प्रष्ट पारे ।