मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज पनि बढेन शेयर कारोबार



काठमाडौं जेठ, २९–
नेप्से सुचक तथा कारोबार रकम दुुबै ओरालो लागेको छ । बुधबार पनि नेप्से तीन दशमलव पाँच अंकले घटेर १२ सय ७२ दशमलव ४९ अंकमा झरेको छ भने सेन्सिटिभ पनि शुन्य दशमलव पाँच अंकले घटेर दुुई सय ७२ दशमलव ३६ अंकमा झरेको छ । आज एक सय ७४ कम्पनीहरुको छ हजार सात सय ९२ वटा कारोबारमा १८ लाख ७१ हजार आठ सय नौ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ५० करोड २६ लाख ८२ हजार आठ सय ८१ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोबार भए पनि नौ वटा समुहले गुमाएकाछन् भने तीन वटा समुहले कमाएकाछन् । सो मध्ये गुमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक तीन दशमलव दुुई अंकले घटेर ११ सय ३७ दशमलव १६ अंकमा झर्दा विकास बैंक समुहको सुचक पनि चार दशमलव ६४ अंकले घटेर १६ सय एक दशमलव ८५ अंकमा झरेको छ । निर्जिवन बीमा, जीवन बीमा, जलबिद्युुत, फाईनान्स, उत्पादनमुुलक, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि घटेकाछन । ट्रेडिङ, होटल र अन्य भने आज कमाउने समुहमा परेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल लिमिटेड, गणपती माईक्रो फाईनान्स बित्तीय संस्था आदि परेकाछन भने गुमाउने कम्पनीहरुको सुचीमा नेपाल हाईड्रो डेभलपर कम्पनी, मल्टीपर्पोस फाईनान्स आदि परेकाछन् । यसैगरी कारोबार भएको रकमका आधारमा भने आज ग्लोवल आईएमई बैंकको संस्थापक सेयर, शिवम सिमेन्ट आदि परेकाछन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार  १० : १६ बजे