मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जागरण अभियानपछि जुर्मुराउदै कांग्रेस, साउन पहिलो सातादेखि प्रशिक्षण अभियान सुरु



काठमाडौं जेठ, ३०–
प्रमुख प्रतिपक्ष दल कांग्रेसले देशैभर कांग्रेसबाट विजयी मेयर र उपमेयरलाई प्रशिक्षण दिनेभएको छ । उनीहरुलाई सेवा, संगठन र समृद्धिसँग सम्बन्धित विषयमा प्रशिक्षण दिने कांग्रेसले जनाएको हो ।

बिहिबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सात वटा प्रदेशलाई १४ वटा समूह बनाएर प्रशिक्षण दिने जानकारी गराए । प्रवक्ता शर्माका अनुसार साउनको पहिलो साता काठमाडौंमा प्रशिक्षण दिने तयारी थालिएको छ । साउनकै पहिलो सातामा प्रदेश १ को धनकुटा र कर्णाली प्रदेशको सुर्खेतमा पनि प्रशिक्षण दिने उनले बताए।

३३ मुलुकमा रहेका विभिन्न जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिलाई पनि जुन २१ देखि २३ सम्म डेनमार्कमा प्रशिक्षण दिने कांग्रेसले निर्णय गरेको छ।

प्रशिक्षणमात्र हैन विश्वभर छरिएर रहेका नेपालीहरूको भूमिका नेपालको समृद्धिमा के हुन्छ भन्नेबारे विशेष अन्तर्क्रिया पनि हुने प्रवक्ता शर्माले जनाए।

विश्वमा बढ्दै गएको तापक्रम र यसले नेपालमा पार्न सक्ने प्रभाव, विश्वमा बदलिएको राजनीति, दक्षिण एसिया र नेपाल भन्ने विषय र समाजवादको यूरोप अनुभवको आलोकमा नेपाल भन्ने विषयमा पनि उक्त अन्तरकृयाका विषय हुने छन्।

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहिबार  ६ : ५८ बजे