३० जेठ, काठमाडौं –
पछिल्लो समय जालझेलपुर्ण तरिकाले सार्बजनिक जग्गा हडपेका समाचारहरु सार्बजनिक भइ रहेका छन । यसै बिच बाँके र बर्दियामा रहेका विभिन्न सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएर हडपेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके र बर्दिया मालपोत कार्यालयका तत्कालिन प्रमुखसहित २८ जनाविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनिहरुमाथी बाँकेको खासकारकाँदो ७ को ५ कट्ठा १३ धुर र नेपालगञ्ज उपमहानगरपालिकाको ५ कट्ठा १७ धुर जग्गा र बर्दिया नेउलापुरको विभिन्न तीन कित्ता जग्गा कागजात कीर्ते कागजात तयार गरेर व्यक्तिको नाममा दर्ता गरेको आरोप लगाइएको छ ।
मुद्दा चलाईएका हरुमा बाँकेका तत्कालिन प्रमुख मालपोत प्रमुख दीर्घबहादुर अधिकारी र बर्दियाका मालपोत कार्यालय प्रमुख कृष्णप्रसाद ज्ञवालीसहित २६ जना कर्मचारी रहेको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिएका छन ।
तेसै गरी बाँके मालपोत कार्यालयका प्रमुख अधिकारी, मालपोत अधिकृत पुष्पा श्रेष्ठ, हेमराज शर्मा, अशोककुमार भट्टराई, नायब सुब्बा रुद्रबहादुर देवकोटा, टंकप्रसाद शर्मा, रामबहादुर खड्का, मानबहादुर केसी, कम्प्युटर अपरेटर यज्ञश्वर वली, सहायक कम्प्युटर अपरेटर प्रेमबहादुर चन्द ठकुरी, खरिदार सुशील रिजाल, सञ्जयकुमार ठाकुर, कुलानन्द राउत र कार्यालय सहयोगी आनन्दराम चौधरीविरुद्ध मुद्दा दायर भएको हो।
यस्तै बर्दिया मालपोतका तत्कालिन प्रमुख ज्ञवालीसहित मालपोत अधिकृत रामकुमार रोका, नायब सुब्बा कृष्णलाल शर्मा, रवीन्द्रबहादुर थापा, खरिदार भूमिराज पोखरेल, किशोरकुमार रिजाल, तुलसी रानी थारु, कम्प्युटर अपरेटर लक्ष्मी मल्ल, कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्याय, खैरुल हसन अन्सारी, हसरतुन निशा अन्सारी, लाली मल्ल, लेखा व्यवसायी बृहस्पति खड्का र पप्पु धोवीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार ले जनाएको छ ।
एकैपटक ठुलो सङ्ख्यामा कर्मचारी बिरुद्द मुद्दा चलाईए पछी बाके र बर्दियाका माल्पोत कार्यालयका सेवाग्रहीहरु प्रभाबित हुने भएका छन ।








