काठ्माण्डौ-
नेपाली कांग्रेसले देश्ब्यापी रुपमा चलाएको राष्ट्रीय जनजागरण अभियानका क्रममा सत्तारुढसहित अन्य दलहरुबाट ३१ हजार ६सय ४२ जना कांग्रेसमा प्रबेश गरका छन ।
आज पार्टी कार्यलय बिपी नगर सानेपामा पत्रकार सम्मेलन गर्दै प्रबक्ता बिस्वप्रकाश शर्माले उक्त जानकारी दिएका हुन ।अभियानका क्रममा महिना दिनमा दुई हजार बढी कार्यक्रम सम्पन्न गरिएको पनि प्रबक्ता शर्माले बताए ।
विज्ञप्तिको पूर्णपाठ
जागरणको प्रथम चरण र आगामी कार्यक्रम बारे
आदरणीय पत्रकार साथीहरु,
“हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को प्रथम चरण वैशाख २५ मा प्रारम्भ भएर जेठ २५ मा सम्पन्न भएको यहाँहरुलाई विदितै छ । प्रथम चरणबाट प्राप्त ऊर्जा र उपलब्धी, व्यापक कार्यक्रम र टिपोट गरिएका कमजोरी, सौहार्द संवाद र सकारात्मक सन्देश बारे संक्षिप्त विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा म यहाँहरुलाई नेपाली कांग्रेस पार्टीका तर्फबाट हार्दिक स्वागत गर्दछु ।
महिना दिन दुई हजार बढी कार्यक्रम
१। जागरण अभियानको प्रथम चरणको प्रारम्भ राष्ट्रव्यापी रुपमा एक साथ भएको थियो । एक महिनाको अवधिमा जिल्ला, क्षेत्र र गाउँ–नगर स्तरीय कार्यक्रमहरु सँगै अन्य विषयगत महत्वपूर्ण भेला र कार्यक्रमहरु तथा कतिपय ठाउँमा वडा स्तरीय कार्यक्रम समेत गरी समग्रमा २ हजार भन्दा बढी कार्यक्रम आयोजना गरिएका छन् ।
२। अभियान क्रममा बैठक, भेला, आन्तरिक सभाहरु, खुला सभा, ¥याली, विचार–वहस लगायत कार्यक्रम सम्पन्न भएका छन् । कार्यक्रमहरुमा पार्टीका विभिन्न तहका साथीहरु, शुभचिन्तक, वुद्धिजीवी, व्यवसायी र कार्यक्रमको स्वरुप बमोजिम विविध र व्यापक सहभागिता रह्यो । सामाजिक बनोट बमोजिम विभिन्न समुदाय, भाषा–भाषी, युवा–पाकाको व्यापक सहभागिता रह्यो । देशव्यापी अभियानसँगै विदेश स्थित जनसम्पर्क समितिहरु मार्फत पनि अभियानका उद्देश्यहरु एक हदसम्म सम्प्रेषण भएका छन् ।
३। अभियानलाई व्यवस्थित बनाउन ७७ जिल्लामा पार्टीको केन्द्रीय प्रतिनिधि, जिल्ला, क्षेत्र र गाउँ नगरले आवश्यकता अनुसार खटाएका प्रतिनिधि समेत गरी सयौँ प्रतिनिधिहरु विभिन्न तहसम्म पुगेर भूमिका निर्वाह गर्नु भएको छ । सबै प्रतिनिधि साथीहरु बधाइको पात्र हुनुहुन्छ । केन्द्रबाट निर्धारित अभियानलाई आ–आफ्नो जिल्ला र विभिन्न तहमा नेतृत्व गर्नु हुने सबै साथीहरु बधाइको पात्र हुनुहुन्छ ।
प्रथम चरणको सन्देश
४। राष्ट्रिय जागरण अभियानलाई पछिल्लो समय कुनैपनि राजनैतिक दलद्वारा प्याकेजमा अघि सारिएको वृहत र नविन कार्यक्रमका रुपमा आम रुपमा लिइएको अनुभूत गरिएको छ ।
९क० पन्ध्र उद्देश्य तर एक साझा अभियान ।
९ख० कार्यक्रमका स्वरुपहरुको छरितो प्रस्तावना ।
९ग० ‘हिमाल, पहाड, तराई—मधेश’ नामसँगैको भावनात्मक ऐक्यवद्धता र सुगम शहरदेखि दुर्गम गाउँसम्म कार्यक्रम ।
९घ० स्थानीय तहसम्म वृहतस्तरमा संवाद, विषय सम्प्रेषण र सुझाव संकलन ।
९ङ० गणतन्त्र, संघीयता, सुशासन र समृद्धि जस्ता आम सरोकारका विषयहरुमा वौद्धिक छलफल ।
९च० लामो समय पश्चात नविन कार्यक्रम ।
कांग्रेसप्रति आकर्षण सरकारप्रति विकर्षण
वर्तमान सरकारको अधिनायकवाद उन्मुख गतिविधिहरुले सरकारप्रति तीव्र बढाएको असन्तुष्टी जागरण अभियानका क्रममा देशव्यापी रुपमा प्रकट भएको छ । फेरी पनि नेपाली कांग्रेसले आफूलाई नविन ढंगले अघि बढाएर संविधान, संघीयता र सिंगो लोकतन्त्रको रक्षा एवं सम्वद्र्धनको भूमिका निर्वाह गर्नु पर्ने आम अपेक्षा देखिएको छ । सोही आशा र विश्वासको भावनाका साथ नेपाली कांग्रेसमा समाहित हुन चाहने आकांक्षा जागरण अभियान क्रममा देशव्यापी देखिएको छ । अभियान क्रममा सत्तारुढ पार्टी एवं अन्य पार्टीहरुबाट नेपाली कांग्रेसमा देशभरिका कार्यक्रम मार्फत ३१६४२ ले प्रवेश गरेका छन् । प्रवेश गर्नु हुनेमा साधारण सदस्यता देखि जिल्ला र गाउँ नगरमा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहनु भएका व्यक्तित्वहरु समेत हुनुहुन्छ । उहाँहरुलाई पार्टीले आवश्यक प्रशिक्षण पश्चात उपयुक्त जिम्मेवारी प्रदान गर्नेछ ।
कमजोरी पहिचान र आम सुझाव
५। जागरण अभियानका क्रममा पार्टीलाई घरेलु जीवन र राष्ट्रिय राजनीतिको भूमिकाका सन्दर्भमा महत्वपूर्ण सुझावहरु प्राप्त भएका छन् । नेपाली कांग्रेसलाई सुदृढ र नविन बढाउँदै अघि बढ्न जागरण अभियान क्रममा साथीहरुबाट औल्याइएका कमजोरीहरु आत्मसात गर्दै, तिनलाई क्रमशः निराकरण गर्दै नेपाली कांग्रेस अघि बढ्नेछ ।
मेरो रगत कसैको जीवन
यही उद्घोष साथ जागरण अभियानसँगै जिल्ला सम्पर्क समितिहरुको संयोजनमा काठमाडौँमा मासिक रुपमा नियमित रक्तदान कार्यक्रम प्रारम्भ भएको छ । जेठ २३ मा प्रथम रक्तदानमा ७३ पिण्ट रक्तदानसँगै ‘काठमाडौँका अस्पतालहरुमा रगतको अभाव हुन नदिने’ घोषणा गरिएको छ । असारको अन्तिम शनिबार दोस्रो रक्तदान आयोजित हुनेछ ।
दोस्रो चरणमा प्रवेश पूर्व
६। “हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को दोस्रो चरण पूर्व घोषणा अनुरुप भदौ २४ गते ९विपी जयन्तीका दिन० प्रारम्भ भई असोज ७ गतेसम्म चल्नेछ ।
दोस्रो चरण प्रवेश पूर्व केही महत्वपूर्ण सांगठनिक अभिभारा सम्पादन गरिनेछ । त्यस क्रममा ।।।
९क० प्रथम चरणका लागि जिल्लाहरुमा जिम्मेवारी लिएर खटिनु भएका केन्द्रीय प्रतिनिधिहरुले असार १४ गते भित्र आफ्नो लिखित प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउनु हुनेछ ।
९ख० पार्टी नेतृत्व र केन्द्रीय प्रतिनिधिहरु बीच यसक्रममा विशेष विर्मश केन्द्रीय कार्यालयले आयोजना गर्नेछ ।
९ग० जागरण अभियानको प्रथम चरणको समिक्षा, अन्य आवश्यक सन्दर्भ र समसामयिक मुद्दा केन्द्रीत रहेर नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक असार तेस्रो सातामा बस्नेछ ।
९घ० जागरण अभियानको दोस्रो चरण प्रवेश पूर्व नै नेपालको संविधान र नेपाली कांग्रेसको संशोधित विधान बमोजिमको सम्पूर्ण संरचनाहरु निर्माण गरिनेछ ।
९ङ० नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संस्थाहरु बारे आवश्यक निर्णय यथाशीघ्र लिइनेछ ।
प्रतिष्ठान अन्तर्गत प्रशिक्षण
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नेतृत्वमा विभिन्न तहमा प्रशिक्षणका कार्यक्रमहरु जागरण अभियानको दोस्रो चरण पूर्व आयोजित हुनेछन् । यस क्रममा—
९क० नेपाली कांग्रेसको उम्मेदवार भएर विजयी देशभरिका गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुका लागि ‘सेवा, संगठन र समृद्धि’ केन्द्रीत प्रशिक्षण साउन महिनाको प्रथम साता काठमाडौँमा आयोजना गरिनेछ ।
९ख० सात प्रदेशका जिल्लाहरुलाई १४ फरक समूह बनाई १४ स्थानमा प्रशिक्षण आयोजना गर्ने प्रतिष्ठानको पूर्व निर्णय बमोजिम साउन प्रथम साता नै प्रदेश १ को धनकुटा र कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण आयोजना गरिनेछन् ।
९ग० नेपाली जनसम्पर्क समितिहरुका लागि जुन २१—२३ मा डेनमार्कमा आयोजना गरिने प्रशिक्षणमा ३३ देशका नेपाली जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहनेछ । आन्तरिक संगठनात्मक विषयवस्तुहरुमाथि प्रशिक्षणका अलावा विश्व स्तरीय सो कार्यक्रममा।।।
नेपालको समृद्धिमा नेपाली डायस्पोराको भूमिका
विश्वमा बढ्दो तापक्रम र नेपाल प्रभाव
विश्वको बदलिदो राजनीति, दक्षिण एशिया र नेपाल
समाजवादको युरोप अनुभवको आलोकमा नेपाल
जस्ता महत्वपूर्ण विषयहरुमा विषगत अन्तरक्रिया हुनेछ ।
हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको प्रथम चरणले अभिवृद्धि गरेको जागरणको जगमा नेपाली कांग्रेस आगामी दिनमा सांगठनिक सुदृढीकरण र राष्ट्रिय राजनीतिको भूमिकामा थप सवल ढंगले अघि बढ्नेछ । अभियानको समाचार निरन्तर सम्प्रेषण गर्न हुने देशभरिका संचार माध्यमहरुलाई हार्दिक आभार प्रकट गर्दछु ।
जय नेपाल १
विश्वप्रकाश शर्मा
प्रवक्ता
जेठ ३०, ०७६








