पूर्वसांसद्को निधनका कारण आजको संसद् बैठक स्थगित



काठमाडौं जेठ, ३१–
आजका लागि तय  प्रतिनिधिसभाको  बैठक स्थगित भएको छ । नेकपा नेता एवम् पूर्वमन्त्री  धनीराम पौडेलको शुक्रबार बिहान निधन भएकाले आजको बैठक स्थगित भएको हो ।
संसद् सचिवालयले पूर्वसांसद् पौडेलको निधन भएकाले शुक्रबार ११ बजेका लागि तय बैठक स्थगित भएको जनाएको छ । ५३ वर्षीय पूर्वमन्त्री पौडेलको शुक्रबार बिहान हृदयघातका कारण  आफ्नै निवासमा  निधन भएको थियो ।

प्रकाशित मिति : जेष्ठ ३१, २०७६ शुक्रबार  ६ : ४३ बजे