मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वसांसद्को निधनका कारण आजको संसद् बैठक स्थगित



काठमाडौं जेठ, ३१–
आजका लागि तय  प्रतिनिधिसभाको  बैठक स्थगित भएको छ । नेकपा नेता एवम् पूर्वमन्त्री  धनीराम पौडेलको शुक्रबार बिहान निधन भएकाले आजको बैठक स्थगित भएको हो ।
संसद् सचिवालयले पूर्वसांसद् पौडेलको निधन भएकाले शुक्रबार ११ बजेका लागि तय बैठक स्थगित भएको जनाएको छ । ५३ वर्षीय पूर्वमन्त्री पौडेलको शुक्रबार बिहान हृदयघातका कारण  आफ्नै निवासमा  निधन भएको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार  ६ : ४३ बजे