गुठी विधेयकको विरोधमा ललितपुरमा विशाल राँके जुलुस



ललितपुर जेठ, ३१– गुठी विधेयकको विरोधमा ललितपुरको पाटन र मंगलबजार क्षेत्रमा राँके जुलुस निकालिएको छ।
शुक्रबार गुठी विधेयक खारेजीको माग गर्दै राँके जुलुस निकालिएको हो ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहित सरोकारवाला निकायहरुले पछिल्लो समय गुठी विधेयक फिर्ता लिन सरकारलाई विभिन्न किसिमले दबाब दिईरहेका छन् । विधेयकमा राखिएका प्रावधानले गुठीको अस्तित्व मास्ने भन्दै काठमाडौं उपत्यकाका गुठियार र संरक्षणकर्मी सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

प्रकाशित मिति : जेष्ठ ३१, २०७६ शुक्रबार  २ : ३९ बजे