काठमाडौं असार, १–
प्रधानमन्त्री केपी शर्मा ओलीले निकै विवादित बनेको गुठी विधेयक सच्चिने बताएका छन् । प्रधानमन्त्री ओलीले साताव्यापी युरोप भ्रमण सकेर फर्किने क्रममा विमानस्थलमा उक्त प्रतिवद्धता जनाएका हुन् । विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘धर्म संस्स्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर परेको रहेछ भने सरकारले सच्याउँछ ।’
यो सरकार बनेको जनताको मन दुखाउन होइन, हँसाउन हो भन्दै प्रधानमन्त्री ओलीले कही कतै नमिलेको रहेछ वा भुलबश भएको रहेछ त्यो सरकारले सच्याउछ ।