मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुठी बिधेयकको बिरुद्दमा चारतारे झण्डा बोकेर सडकमा आउछौ :कांग्रेस नेता सिंह



काठ्माण्डौ-

नेपाली कांग्रेस काठ्माण्डौ महानगरले सरकारले ल्याएको गुठी बिधेयक बिरुद्द काठ्माण्डौमा बिरोध र्याली प्रदर्शन गरेको छ ।

र्याली पछी आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंहले सरोकारवाला कसै सग कुनै छलफल नगरि ल्याइएको गुठी बिधेयक स्विकार्य नभएको बताए । नेपाली कांग्रेसले पार्टीगत रुपमा र सम्सदमा कुरा उठाइ सकेको बताउदै नेता सिंहले गुठी बिधेयकको बिरुद्द अब चारतारे झण्डा बोकेर सडकमा आउने बताए ।

नेता सिंहले प्रस्ताबित गुठी बिधेयकले नेपालिहरुको मुल धर्म र सन्स्कृती माथी प्रहार गर्न खोजेको आरोप लगाउदै सरकारले गलत नियतले ल्याएको बिधेयकलाई नेपाली कांग्रेसले कुनै हालतमा नमान्ने बताए।

उनले ओलि सरकारको भबिष्य राम्रो नभएको उल्लेख गर्दै उनले अब सरकारको दिन गन्ती शुरु भइ सकेको बताए ।

नेकपाका नेता कार्यकर्ताहरुले काठ्माण्डौका जनतालाई समान्तिको बिल्ला लगाएकोमा नेता सिंहले आपत्ती प्रकट गरे ।

र्याली पछी आयोजित सभालाई कांग्रेस सहमाहामन्त्री प्रकाशसरण महत ,केन्द्रिय सदस्य नबिन्द्र राज जोशी लगायतले सम्बोधन गरेका थिय ।

बज्सन्तपुरबाट शुरु भएको र्याली असन हुँदै ईन्द्र चोकमा पुगेर सभामा परिणत भएको थियो ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  १ : २८ बजे