सरकारले उद्योग मन्त्रालयलाई अर्थ मन्त्रालयको शाखा जस्तै बनायो: कांग्रेस सांसद विनोद चौधरी



काठ्माण्डौ-

सांसद विनोद चौधरीले सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अर्थ मन्त्रालयको महाशाखा जस्तै बनाएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको सोमबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा धारणा राख्दै उनले यस्तो बताएका हुन ।

औद्योगिक क्षेत्रको विकास गर्न चाहिने बजेट मन्त्रालयमा बजेट विनियोजन हुन नसकेको बताउदै उद्योगको समस्याको समाधान दिन सक्ने हैसियत उद्योग मन्त्रालयले बनाउनुपर्नेमा उनले जोड दिए।

उनले भने “उद्योग मन्त्रालयको आकार र औकात अर्थमन्त्रालयको महाशाखा भन्दा अलि माथि उठ्न सक्नु पर्यो। उद्योगको समस्याको समाधान दिन सक्ने हैसियत उद्योग मन्त्रालयले बनाउन सक्नुपर्यो।”

औद्योगिक वातावरण बनेमा लगानीको समस्या नहुने भन्दै उनले सिमेन्ट उद्योग र सिमेण्ट उत्पादनलाई हेरेर मन्त्रालयले योजना बनाउनुपर्नेमा जोड दिए। सरकारले विभिन्न विशेष आर्थिक क्षेत्रको घोषणा गरेपनि लगानीका लागि उद्योगीहरु त्यस क्षेत्रमा नगएको भन्दै उनले पुर्वाधार निर्माण गरि औद्योगिक वातावरण बनाउने विषयलाई पहिलो प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिए। व्यापार घाटा ९७ बाट ३ प्रतिशतमा झर्ने स्थिति श्रृजना भईसकेको भन्दै उनले व्यापार घाटा कम गर्न आयात घटाउने वा निर्यात बढाउने योजना केन्द्रीत हुन सुझाव दिए।

प्रकाशित मिति : असार २, २०७६ सोमबार  ११ : २७ बजे