राजाबादिहरुका गतिबिधिमाथी निगरानी राख्न गृहमन्त्री थापाले दिए निर्देशन



काठ्माण्डौ-

गृहमन्त्री रामबहादुर थापाले ७ डीआईजीलाई गृहा मन्त्रालयमा बोलाएर प्रतिवन्धित समूहका गतिविधि नियन्त्रणमा लिन निर्देशन दिएका छन ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित उपस्थित प्रदेश प्रहरी प्रमुखहरुलाई थापाले नेत्रविक्रम चन्द समूहसहित राजावादीका गतिविधि पनि निगरानीमा राख्न गृहमन्त्री थापाले प्रदेश प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका हुन ।

पछिल्लो समय पूर्वराजाका गतिबिधीहरु बढी रहेको बताइन्छ ।पूर्व राजा देश भित्रका बिभिन्न क्षेत्रको भ्रमणमा जाने र आफ्ना समर्थकहरु सगा भेट घाट गर्ने गरेका छन भने उनि पुग्ने कार्यक्रमहरुमा ठुलो सङ्ख्यामा उनका समर्थकहरु पुग्ने गरेका छन ।

केहि समय अघी देखी थाइल्यान्डमा रहेका पूर्व राजा हिजो मात्रै नेपाल फर्किएका छन ।

पछिल्लो समय बढिरहेका पूर्वराजाका गतिबिधीहरु प्रती गृह मन्त्रालय सतर्क रहन थालेको मन्त्रालय श्रोतले बताएको छ ।

 

 

प्रकाशित मिति : असार ३, २०७६ मंगलबार  १० : ३७ बजे