संसद्‌मा दर्ता भएको विधेयक संसद्‌बाटै फिर्ता लिइनुपर्छ :कांग्रेस सभापती देउवा



काठ्माण्डौ-

कांग्रेस सभापती शेरबहादुर देउवाले सरकार प्रजातन्त्रलाई समाप्त पार्न लागेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभामा निक्कै आक्रोशित मुद्रामा संसदमा प्रस्तुत भएका देउवाले सरकारले पछिल्लो समय ल्याएका विधेयकले लोकतन्त्रका मूल्य मान्यतामाथि आक्रमण गरेकाले कुनै पनि हालतमा पातिर हुन नदिने चेतावनी दिए ।

देउवाले मिडिया काउन्सिल, सूचना प्रविधि, राष्टिय सुरक्षा परिषद सम्बन्धी र राष्टिय मानव अधिकार आयोग सम्बन्धी लाई कांग्रेसले कुनै पनि मूल्य चुकाएर पास हुन नदिने घोषणा गरे ।

देउवाले प्रतिनिधिसभामा गुठी विधेयक संसद्‌ बाहिरबाट फिर्ता लिनु असंसदीय रहेको टिप्पणी गरेका छन्।

संसद्‌मा दर्ता भएको विधेयक संसद्‌बाटै फिर्ता लिनुपर्ने संसदीय मान्यता रहेको जिकिरा गर्दै सभापती देउबाले भने, ‘संसद्‌मा प्रस्तावित विधेयक बाहिरबाट फिर्ता लिने हो ? संसदमा रहेको विधेयक सम्बन्धित मन्त्रीले यहीँबाट फिर्ता लिने संसदीय व्यवस्था छ। प्रधानमन्त्री केपी शर्मा ओली २०४८ सालदेखि सांसद हुनुहुन्छ। उहाँलाई थाहा छैन ?’

यसबाहेक मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानवअधिकारसम्बन्धी विधेयक, सूचना प्रविधि विधेयक र राष्ट्रिय सुरक्षासम्बन्धी विधेयक पनि फिर्ता लिनुपर्ने उनले भनाइ राखे।

सरकारले प्रतिपक्षीलाई हेप्ने र बलमिच्याइँ गर्ने काम गरेको सभापति देउवाले आरोप लगाए। मंगलबार आफूलाई प्रधानमन्त्री अघि बोल्न नदिएर संसदमा प्रतिपक्षीले प्राथमिकता पाउने  अन्तर्राष्ट्रिय मान्यता मिचिएको उनको ठहर छ।

देउवाले भने, ‘हिजो मैले समय मा गिसकेको थिएँ। प्रमले मेरो जवाफ दिन पाउनुहुन्थ्यो। जहाँ पनि संसद प्रतिपक्षीको हुन्छ।’

सरकारले संसद्‌मा दर्ता गरेको गुठी विधेयकले नेपालको धर्म सस्कृतीलाई कमजोर पार्ने भन्दै गुठियार र नागरिक तहबाट समेत सरकारको चर्को आलोचना भइ रहेको छ ।

प्रकाशित मिति : असार ४, २०७६ बुधबार  ६ : १३ बजे